जापानको फुकुओकामा रहेका नेपालीहरुको सबैभन्दा पूरानो सामाजिक संस्था फुकुओका नेपाल सोसाईटीमा नयाँ नेतृत्व निर्विरोध चयन गरिएको छ । तनहुँका माधव सिग्देल अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
सोसाइटीको शनिबार भएको २६ औं अधिवेशनबाट सिग्देलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा ललिता तामाङ तथा तीन उपाध्यक्षमा रबि बस्नेत, सुजन केसी र इन्द्रप्रसाद घले चयन भए ।
यस्तै, कार्यकारी पद सचिवमा पोखराका अशोक सेढाईं सर्वसम्मत चयन भएका छन् । सोसाईटीको सहसचिवमा दीपक बिक, कोषाध्यक्ष प्रेमराज दाहाल, सहकोषाध्यक्ष कृष्णराज भट्ट, प्रवक्तामा दिलेन्द्र जोशी र सदस्यहरुमा मुक्तिनाथ ढकाल, भुवन कृष्ण घिमिरे चयन भएका छन् ।
शिव शर्माको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्यरुमा लक्ष्मण बानियाँ, रामकृष्ण श्रेष्ठ, छत्र दाहाल, नविन अधिकारी र पुरुषोत्तम सिग्देल रहेका थिए ।
अधिवेशनमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना, विशिष्ट अतिथि गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण निवर्तमान मन्त्री विकास लम्साल, विशिष्ठ अतिथि एनआरएनए निवर्तमान उपाध्यक्ष तथा वर्तमान सल्लाहकार कुल आचार्य, नेपाल सरकारका सहसचिव एवम् हाल विशेष अदालतका रजिष्ट्रार अशोक क्षेत्री, जापानमा सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन