पोखरा । केही खुकुलो हुने गरी जिल्ला प्रशासन कार्यालय कास्कीले एक साता निषेधाज्ञा थप गरेको छ।
पछिल्ला दिनमा कोरोना संक्रमणदर र मृत्युदरमा क्रमिक रुपमा कमी आएपनि अपेक्षाकृत नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १५ गते राति १२ बजे सम्मका लागि लम्ब्याएको हो।
निषेधाज्ञा खुकुलो भएसँगै अब व्यापार व्यावासाय बिहान ५ बजेदेखि दिउँसो १२ बजे सम्म संचालन गर्न पाइने छ । भने, निजी (साना) सवारी साधन (चार पाङ्ग्रे र दुई पाङ्ग्रे ) जोर गते जोर नम्वर र विजोर गते विजोर नंवरका आधारमा चालकसहित चार जना यात्रु राखेर संचालन गर्न पाइनेछ।
ताजा दुध बेलुका ५ बजेदेखि बेलुका ७ बजेसम्म निर्वाध चिस्यान तथा संकलन केन्द्रमा लैजान पाइनेछ।
यस्तै अनलाइम होम डेलिभरी निश्चित मात्रामा पूर्ण मापदण्ड अपनाएर बेलुकी ७ बजेसम्म संचालन गर्न पाइनेछ। पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गरेको हुनुपर्नेछ।
यस्तै उद्योग र सार्वजनिक निर्माण कार्यमा संग्लग्न कर्मचारी तथा श्रमिकहरुलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै आवश्यक सुरक्षा मापदण्ड अपनाएर भिडभाड नहुने गरी संचालन गर्न पाइनेछ।
यसबाहेक निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न सक्नेछन् ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’