गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार बनेको २ साता पुग्यो । विना विभागीय मन्त्रीका रुपमा मुख्यमन्त्रीसँगै ४ जनाले २९ जेठमा सपथ लिएका थिए । दुई सातासम्म पदको भागवण्डाको किचलोमा सत्तासीन गठबन्धन अल्झँदा सरकारको आलोचना सुरु भइसकेको अवस्थामा अब आइतबार जिम्मेवारी सम्हाल्दैछन् । शुक्रबार नै मन्त्रीलाई दिने जिम्मेवारीको टुंगो लागिसकेको हो । आइतबारदेखि उनीहरुले विभागीय कार्यभार सम्हाल्नेछन् ।
हाललाई बजेटमाथिको छलफल नसकिँदासम्मका लागि लक्षित गरी मन्त्रालय भागवण्डा गरी जिम्मेवारी बाँडिएको छ । विश्वासको मत लिनुअघि ४ असारमा अर्थमन्त्रालय पाउने गरी सहमति गरेको जसपा काँग्रेसले अराजनीतिक चरित्र देखाउँदै सहमति तोडेपछि अर्थमन्त्रालयबाट पछि हटेको छ । भौतिक मन्त्रालयमा माओवादीको दाबी छ । किचलो उत्पन्न भएका यी दुई मन्त्रालय अर्थ र भौतिकलाई बजेटमाथिको छलफलसम्म होल्ड गर्दै मुख्यमन्त्री पोखरेलले आफैसँग राख्नेछन् ।
कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री छन् । अर्थमन्त्रीका आकांक्षी सरकारका प्रवक्तासमेत रहेका मन्त्री कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालय सम्हाल्नेछन् । मधुमाया अधिकारीले सामाजिक विकासमन्त्रालयबाट टुक्राइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्नेछिन् ।
यस्तै, समाजवादीका हरिशरण आचार्यले भौतिक पूर्वाधारबाट फुटाइएको ऊर्जा, जलस्रोत, सिंचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी लिनेछन् । स्वतन्त्र सांसद दीपक मनाङेलाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रालयनै दिनेछन् । यसमा मनाङेको चित्त बुझेको छैन ।
मन्त्रालय भागवन्डामा रस्साकस्सी चलेपछि मुख्यमन्त्री तथा काँग्रेस सांसदको टोली नै शीर्ष नेता भेट्न काठमाण्डौ पुगेको थियो । गठबन्धनका सबै शीर्षस्थ नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतका नेतालाई मुख्यमन्त्रीले भेटेका थिए । ५ दलीय गठबन्धनका नेता भेटेर पोखरा फर्केपछि मन्त्रालय भागभन्डा गरिएको हो । स्वतन्त्र सांसद मनाङे पनि काठमाण्डौ पुगेर शीर्ष नेताहरुलाई भेटेका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो