पोखरामा युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी गरेको आरोपमा युवक पक्राउ

पोखरामा युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी गरेको आरोपमा युवक पक्राउ

sulav-sebedi

पोखरा। युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी गरेको अभियोगमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

लेकसाइडस्थित एक होटलमा बसेर भाइबर तथा ह्वाट्सएप मार्फत सट्टेवाजी गराईरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं -२७ तालचोक बस्ने १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार हाल जारी उक्त फुटबल प्रतियोगितामा पोखरामा पनि सट्टेवाजी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले सुवेदीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सुवेदीमाथि सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत सट्टेवाजी गर्न नहुने मुद्धामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ भने, घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भईरहेको प्रहरीको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ