पोखरा। टिपरको ठक्करबाट पोखरामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका वडा नं -४ घर भइ हाल पोखरा -१७ बिरौटा बस्दै आएकी ४० वर्षीया रिता केसी रहेको प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए।
विकका अनुसार बिहीबार राति अन्दाजी ७:३५ बजेको समयमा पोखरा -५ गणतन्त्रचोक स्थित ग १ ख ९७०३ नंवरको टिपरले पैदल हिंडिरहेका बेला रितालाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भिर घाइते भएकी उनलाई तत्काल उपचारका अस्पताल लगिएकोमा आज बिहान ६: ३० बजेको समयमा उपचारकै क्रममा ज्यान गएको हो ।
ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिरहेको प्रहरीको भनाई छ।
स्कुटर अनियन्त्रित भइ ठक्कर खाँदा दुई जना घाइते
यस्तै पोखराको अमरसिंहमा स्कुटर आफै अनियन्त्रित भएर बिजुलीको पोलमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।
ग ११ प १४४६ नंवरको स्कुटर अनियन्त्रित भइ बिजुलीको पोलमा ठक्कर खाँदा चालक तनहुँ जिल्ला शुक्लागण्डकी -१ कोत्रे बस्ने १८ वर्षीय संजोग परियार र स्कुटरको पछाडी सवार लमजुङ जिल्ला बेशिशहर घर भइ हाल सोही ठेगाना बस्ने १९ वर्षीय विश्वास माझकोटी घाइते भएको प्रहरीले जानकारी दिएको छ।
घाइते मध्ये चालक परियारको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह