गण्डकी प्रदेशमा सञ्चालित घरवास सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहयोग एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको संयोजनमा होमस्टे मोवाइल एप सेवा सञ्चालनमा ल्याइएको छ ।
भिटोफ गण्डकी प्रदेशको आयोजनामा जुम प्रविधिमार्फत आज आयोजित एक कार्यक्रमकाबीच सो सेवा सञ्चालन शुभारम्भ गरिएको हो । सो सेवाको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासका लागि प्रविधिको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे । भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश भित्रका घरवासलाई अनलाइन प्रविधिमार्फत बुकिङ गर्न मिल्ने, पैसा तिर्न मिल्ने सुविधा एवं सबै घरवासबारे बुझ्न मिल्ने गरी बहुआयमिक नामक होमस्टे मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिए ।
पहिलो चरणमा यो भिटोफ गण्डकी प्रदेशबाट सञ्चालन हुने र सम्बन्धित होमस्टेहरू सक्षम भएपछि उनीहरूले नै सञ्चालन गर्न सक्ने उनले बताए । उनका अनुसार हाल ५० वटा होमस्टे बुकिङ गर्न मिल्ने छ भने अन्य २५४ होमस्टेका विवरण त्यहीबाट जानकारी लिन सकिने छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नविनतम प्रविधिको प्रयोगमार्फत पर्यटन सेवालाई सहज र सरल बनाउँदै लैजान यो बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा भिटोफ नेपालका केन्द्रीय अध्यक्ष ध्रुव सिम्खडा, आन्तरिक पर्यटन पुनरुत्थान समिती गण्डकी प्रदेश संयोजक अग्नि कँडेल, पोखरा महानगरपालिका होमस्टे व्यवस्थापन समिति संयोजक खगराज आचार्य, भिटोफ गण्डकीका सल्लाहकार टीकाराम सापकोटा, डा रामजी शर्मा लगायतले प्रविधिको सञ्चालनसँगै घरवास पर्यटनको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ