पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले निषेधाज्ञा नमान्ने घोषणा गरेको छ । सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै उसले यहि असार ३० गतेबाट देशभर गाडी सञ्चालन गर्ने बताएको छ । कम्पनीले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै असार ३० गतेबाट नियमित गाडी सञ्चालन गर्ने जानकारी दिएको हो ।
सरकारले असार ३० सम्म निर्णय गरेर लामो दूरीका सार्वजनिक यातायात सञ्चालन नगरे आफूहरुले काउन्टर खुला गरी टिकट बुकिङ गर्ने कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर बताए ।
कम्पनीले तोकिएको मितिबाट टिकट बुकिङ काउन्टर खोल्ने र मागका आधारमा गाडी सञ्चालन गर्ने जनाएको छ । अध्यक्ष केसीले गाडी सञ्चालन गर्दै गर्दा प्रशासनले रोकेको खण्डमा जहाँ रोकेको हो त्यहिंको प्रशासनसँग समन्वय गरेर गाडीलाई गन्तव्यसम्म पु¥याइने बताए । अध्यक्ष केसीले गाडी सञ्चालन गर्दा प्रशासनले गिरफ्तारी गरे आफूहरु गिरफ्तारी दिनपनि तयार रहेको बताए ।
निषेधाज्ञाका बीच नीजि सवारी साधनलाई सञ्चालन गर्न दिने तर लामा दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न नदिने राज्यको नीति नै पूर्वाग्रहपूर्ण रहेको कम्पनीको गुनासो छ । ‘नीजि सवारी साधनमा कोरोना नसर्ने, अनि हामीले चलाउने सार्वजनिक गाडीमा मात्रै कोरोना सर्ने ? त्यस्तो त दुनियामा कहिंपनि हुँदैन’–अध्यक्ष केसीले भने । यदि वैज्ञानिक हिसाबले सार्वजनिक गाडीमा मात्रै कोरोना सर्ने पुष्टि भएमा मात्र आफूहरुलाई मान्य हुने उनको भनाई थियो ।
अध्यक्ष केसीले बैंक तथा वित्तिय संस्थाले लोनको किस्ता र ब्याज तिर्न ताकेता जारी राखेको, मजदुरहरुले भोकभोकै बस्नुपर्ने स्थिति रहँदापनि सरकारले आफूहरुको माग सम्बोधन नगरेपछि आफूहरु भद्र रुपमा गाडी सञ्चालन गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेको बताए । उनले भाडा समायोजन गर्ने माग पनि राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।
कम्पनीले गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने जनाएको छ । कम्पनीले बस चढ्ने यात्रुलाई सेनिटाइजरको ब्यबस्था गरिने बताएको छ भने बसमा चढ्दा मास्क अनिवार्य गर्ने तर मास्क यात्रु आफैले लिएर आउनुपर्ने नभएर १० रुपैयाँमा खरिद गर्नेगरी बसमै उपलब्ध गराउने अध्यक्ष केसीले बताए । साथै हरेक दिन बसलाई निसंक्रमण गर्ने उनको भनाई छ ।
कम्पनीका पूर्व अध्यक्ष ऐनकुमार साईले बाध्यतावश कोरोनाका बीच गाडी सञ्चालन गर्ने अप्रिय निर्णय लिनुपरेको बताए ।
‘अबदेखि चुनावमा हामी नेता र पार्टीलाई फ्रिमा गाडी दिन्नौं’
यसैबीच, कम्पनीले आगामी निर्वाचनहरुमा दलहरुलाई सित्तैमा गाडी नदिने घोषणा गरेको छ । निःशुल्क गाडी दिनेदेखि आन्दोलन र चुनावमा सहयोग गर्दापनि दलहरुले आफूहरुको समस्या समाधानमा चासो नदेखाएकाले आगामी निर्वाचनहरुमा गाडी नदिने निश्कर्षमा पुगेको अध्यक्ष केसीले बताए । पूर्व अध्यक्ष साहीले भने चुनावमा दलहरुलाई गाडी नदिने नभई सित्तैमा गाडी नदिने भनिएको स्पष्ट पारे । ‘चुनावमा हामी अब प्रयोग हुँदैनौं, गाडीमा कार्यकर्ता बोक्दैनौं भन्दैनौं, बोक्छौं तर पहिले सित्तैमा बोक्थ्यौं, अब भाडा लिएर मात्र बोक्छौं ।’–उनले भने ।
पृथ्वीराजमार्ग बस सञ्चालक समिती अन्तर्गत १४ सय सवारी साधनबाट ७२०० जना कर्मचारी, व्यवसायी लाभान्वित छन् ।


सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो