लिफ्ट दिने नाममा महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । दुई जनाको खोजी भइरहेको छ ।
काठमाडाैँबाट बुटवल पुर्याइदिने भन्दै वीरगञ्ज लगेर एक युवतीलाई बाटाेमा पटक–पटक जबरजस्ती करणी गरेकाे आराेपमा दुई जना ट्रक चालकलाइ पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरापलिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतो पक्राउ परेका हुन् । दुबै ट्रक चालक हुन् ।
पक्राउ पर्नेमा ना.५ ख २८७० नम्बरको ट्रक चालक पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३० वर्षीय सुनिल महताे र ना.६ ख ३३६९ नम्बरको ट्रक चालक पोखरिया नगरपालिका–६ बस्ने २५ वर्षीय शिवबालक महताे रहेका छन्।
गत असार २७ गते बिहान रूकुम घर भएकी १९ वर्षीया ती युवती काठमाडाैँकाे कलंकीबाट बुटवल जाने भनी दुई वर्षीय छोरासहित सुनिलले चलाएको ना.५ ख २८७० नम्बरको ट्रकमा चढेकी थिइन्। यात्राको क्रममा जाममा परेकाे र साेही बखत सुनिलले उनलाई ट्रकमै बलात्कार गरेका प्रहरीले जनाएकाे छ।
त्यसपछि उनलाई चितवनकाे रामनगर पुर्याइएकाे र बुटवल जाने ट्रक भनेर २९ गते दिउँसो १ बजे शिवबालकले चलाएको अर्को ना.६ ख ३३६९ नम्बरको ट्रक चढाएर वीरगञ्जतर्फ लगेकाे खुलेकाे प्रहरीले जानकारी दिएकाे हाे।
चालक शिवबालकले बुटवल जाने भनी वीरगञ्जतर्फ ल्याइ आफूले, सहचालकले र अर्को एक व्यक्ति समेतले ती युवतीलाई पटक–पटक जबरजस्ती करणी गरेका बयान दिएकाे प्रहरीले जनाएकाे छ। जबर्जस्ती करणी गरेपछि शिवबालकले ३० गते वीरगञ्ज–१७ स्थित ड्राईपोर्टमा युवतीलाई ट्रकबाट ओराली अलपत्र पारेका थिए।
प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले युवतीकाे उद्धार गरी सोधपुछका आधारमा जबर्जस्ती करणी गर्ने चालक सुनिल र शिवबालकलाई गाडीसहित नियन्त्रणमा लिएकाे पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।
जबर्जस्तीकरणी गर्ने अन्य दुई जनाको खोजी कार्य भइरहेको उनले बताए। पक्राउ परेका दुवै जनाविरुद्द जबर्जस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको खनालले बताए।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन