गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा नागढुंगा स्थित फेवा सिटी हस्पिटलमा उपचाररत बिरामीको मृत्युपछि तनाव सिर्जना भएको छ । स्याङ्जाकी युवतीको पत्थरीको शल्यक्रियाको क्रममा असफल भएको जानकारी परिवारलाई दिएपछि आफन्त आन्दोलित भएका छन् ।
आँधिखोला गाउँपालिका वडा नं. ६ शेरा घर भएकी २६ वर्षीया सबिना पोख्रेल ढकाल विहीबार पूर्वान्ह साढे ११ बजे पोखरा आइपुगेकी थिइन् । परिवारको साथमा उनी एम्बुलेन्समार्फत पोखराको फेवासिटीमा उपचारका लागि आएकी हुन् । कोखा दुखेर आएकी उनको दिनभर उक्त हस्पिटलमा स्वास्थ्य जाँच गरिएकोमा डाक्टरले पत्थरी भएको जानकारी गराएको परिवारजनले बताएका छन् ।
लगत्तै अप्रेशन गर्नुपर्छ भन्दै साँझ अप्रेशन गरिएको आफन्तको भनाई छ । अस्पतालले अत्याधुनिक प्रविधियुक्त मेसिनमार्फत पत्थरीको शल्यक्रिया गर्ने सुविधा छ भनेर आफूहरु शल्यक्रियाका लागि राजी भएको उनीहरु बताउँछन् ।
शल्यक्रिया गर्न सबै स्वास्थ्यवस्था ठीक छ भनेर बेलुकी ९ बजे अप्रेशन असफल भयो, बिरामीको मृत्यु भनेर जानकारी गराएकोमा उनीहरु रुष्ट छन् । ‘एक त जुन एम्बुलेन्समा आइयो, त्यही एम्बुलेन्समा फर्कने भनेर अस्पताल परिसरमै एम्बुलेन्स छ । कोखा दुख्यो भनेर मात्र आएका हौं । पत्थरी छ, अप्रेशन गर्ने भनेर लगिएकोमा एक्कासी मृत्यु भयो भन्दा दोष कसको हुन्छ ? सिधै डाक्टर, अस्पतालको दोष भएन ?’ – आफन्त सन्दीप ढकालले भने ।
अहिले त एड्मिसन नै भएको होइन भनेर प्रशासनले भन्ने, ट्रकका ट्रक प्रहरी परिचालन गर्ने, कुन चिकित्सकले अप्रेशन गरेको नभन्ने, अप्रेशन गर्नु अघि नै बेहोस भएको भन्ने जस्ता कपोल्कल्पित कुरा प्रशासनबाट आउन थालेपछि आफूहरु अस्पतालकै लापरबाहीले बिरामीको ज्यान गएकोमा निश्चित भएको उनीहरुको ठम्याई छ । अहिले अस्पताल प्रशासन पनि मिडियासमक्ष बोलेको छैन । अस्पताल प्रशासन र मृतक पक्ष वार्तामा छन् । पुतलीनगर पस्र्याङ माइत भएकी सबिनाको ६–७ वर्षकी एउटी छोरी छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्