गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार् गरेका छन् । उनले आज शुक्रबार ६ जना सांसदलाई मन्त्री नियुक्त गरे । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग आजै दिउँसो सपथ लिएका छन् ।
माओवादीका तर्फबाट ३ जना थपिएका छन् । माओवादी संसदीय दलका उपनेता रामजी बराल जीवन आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भए । माओवादीकै दीपक थापा चर्ती मगर वन तथा वातावरण र चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् ।
बागलुङका कांग्रेस सांसद मणिभद्र शर्मा कँडेल उद्योग, पर्यटन मन्त्री नियुक्त भएका छन् ।कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री नियुक्त भएका छन् । स्याङ्जाका मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश प्रमुख कार्यालय परिसरमा धर्नाका क्रममा ड्युटीमा खटिएका प्रहरीलाई औंलो ठड्याउँदै हिसाब किताब हुन्छ भन्दा श्रेष्ठ विवादमा परेका थिए ।

पहिले झैं यो सरकारमा पनि ११ सदस्यीय मन्त्रीमण्डलमा जम्मा १ जना मात्र महिला छन् । माओवादी केन्द्रका लमजुङकी सांसद मधु अधिकारी गुरुङ मात्र मन्त्री बनेकी छन् । काँग्रेसले ५ जनामा एक जना पनि महिलालाई मन्त्री बनाएन । जसपाकी धनमाया लामालाई पनि बाटो छेकिएको छ ।
नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २९ जेठमा मुख्यमन्त्रीको सपथ लिएका थिए । त्यसै दिन उनले अरु ४ जनालाई विना विभागीय मन्त्री बनाएका थिए । कांग्रेसबाट कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) २९ जेठमै मन्त्री नियुक्त भएका थिए । २७ असारमा उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
जसपाका आचार्य ऊर्जा तथा सिँचाइ मन्त्री छन् भने माओवादीकी अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी छन् । स्वतन्त्र सांसद मनाङे युवा तथा खेलकुद मन्त्री छन् । सामाजिक विकासमन्त्री कुमार खड्कालाई भौतिक पूर्वाधारको जिम्मेवारी दिइएको छ ।
तस्वीरः सौजन्यः प्रकाश ढकाल
गण्डकी मन्त्रीपरिषद्को पूर्णताः मुख्यमन्त्रीसहित काँग्रेस ५, माओवादी ४, जसपामाथि फेरि धोका !
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो