गत २९ जेठमा खिचिएको एउटा भिडियो भाइरल बन्यो । सांसदको धम्कीमा निडर हुँदै ड्युटीमा रहेका एक प्रहरीले भने, ‘म श्याम थापा मगर, बैदाममा कार्यरत छु ।’ सत्ता र शक्तिको दुरुपयोग तथा प्रहरीको निडर अभिव्यक्तिका कारण पनि त्यो भिडियो भाइरल बनेको थियो । शक्ति दुरुपयोग मनसाय देखिने उदाङ्गो दृष्टान्त थियो त्यो ।
काँग्रेस गण्डकी संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेशप्रमुखलाई दबाब दिने क्रममा गेटमा धर्ना दिँदाको दिन थियो । नेपाली कांग्रेसका स्याङ्जाबाट मनोनित गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ प्रहरीसँग आक्रोशित थिए ।
सांसद श्रेष्ठले ‘केपी सिस्टम छ, यति तानाशाह छ’ भन्दै प्रहरीतिर फर्कन्छन् र चोरी औंला देखाउँदै भन्छन्, ‘तपाईंको हिसाबकिताब हुन्छ के।’ उनले हिसाबकिताब हुन्छ भनेपछि प्रहरी जवाफ दिन्छन्, ‘हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु ।’
त्यसपछि सांसद श्रेष्ठले फेरि भन्छन्, ‘फुर्ति नछाटम् ।’ प्रहरी भन्छन्, ‘फुर्ति छाँटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि’, छातीमा टाँसिएको आफ्नो नेमप्लेट देखाउँदै ‘श्याम थापा मगर है ।’
उनै श्रेष्ठ आज गण्डकीको शिक्षा तथा सामाजिक विकास मन्त्री बनेका छन् । स्याङ्जाबाट समानुपातिक सांसद रहेका उनले प्रहरीलाई अभद्र व्यवहार गरेपछि आलोचित भए । उनले आफूलाई प्रहरीले पिशाव फेर्न जान समेत नदिएको कारण आक्रोशित भएको प्रतिक्रिया पनि दिए ।
आजको सपथः
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’