गत २९ जेठमा खिचिएको एउटा भिडियो भाइरल बन्यो । सांसदको धम्कीमा निडर हुँदै ड्युटीमा रहेका एक प्रहरीले भने, ‘म श्याम थापा मगर, बैदाममा कार्यरत छु ।’ सत्ता र शक्तिको दुरुपयोग तथा प्रहरीको निडर अभिव्यक्तिका कारण पनि त्यो भिडियो भाइरल बनेको थियो । शक्ति दुरुपयोग मनसाय देखिने उदाङ्गो दृष्टान्त थियो त्यो ।
काँग्रेस गण्डकी संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेशप्रमुखलाई दबाब दिने क्रममा गेटमा धर्ना दिँदाको दिन थियो । नेपाली कांग्रेसका स्याङ्जाबाट मनोनित गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ प्रहरीसँग आक्रोशित थिए ।
सांसद श्रेष्ठले ‘केपी सिस्टम छ, यति तानाशाह छ’ भन्दै प्रहरीतिर फर्कन्छन् र चोरी औंला देखाउँदै भन्छन्, ‘तपाईंको हिसाबकिताब हुन्छ के।’ उनले हिसाबकिताब हुन्छ भनेपछि प्रहरी जवाफ दिन्छन्, ‘हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु ।’
त्यसपछि सांसद श्रेष्ठले फेरि भन्छन्, ‘फुर्ति नछाटम् ।’ प्रहरी भन्छन्, ‘फुर्ति छाँटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि’, छातीमा टाँसिएको आफ्नो नेमप्लेट देखाउँदै ‘श्याम थापा मगर है ।’
उनै श्रेष्ठ आज गण्डकीको शिक्षा तथा सामाजिक विकास मन्त्री बनेका छन् । स्याङ्जाबाट समानुपातिक सांसद रहेका उनले प्रहरीलाई अभद्र व्यवहार गरेपछि आलोचित भए । उनले आफूलाई प्रहरीले पिशाव फेर्न जान समेत नदिएको कारण आक्रोशित भएको प्रतिक्रिया पनि दिए ।
आजको सपथः
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन