अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ । न्युयोर्क २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार मृत्यु भएको थियो भने अमेरिकाकै अर्को राज्य विसकनसिनमा २२ वर्षीय नेपाली युवा सृजन कुँवरको गत जुलाई २८ तारिख बुधवार मृत्यु भएको छ ।
दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । विपिन कामबाट घर फर्किएर शौचालय प्रयोग गर्न गएको बेला र सृजन पसल (स्टोर)मा काम गरिरहेको समयमा बेहोस भएका थिए । दुवै जनालाई अस्पतालले बचाउन सकेन ।
दुवै युवाको शवलाई नेपाल पठाउन गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सबै पक्षसँग समन्वय गरिरहेको प्रवक्ता तोया दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विपिन लम्सालको शव नेपाल फर्काउन एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्डबाट १८ हजार डलर सङ्कलन गरिसकेको छ ।
एनआरएनए विसकनसिन च्याप्टरले सृजन कुँवरको शव नेपाल पठाउन आवश्यक पर्ने रकम सङ्कलन गर्न मङ्गलबार गो फण्ड सञ्चालनमा ल्याएको छ । दुवै युवाको परिवारको अनुरोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदी अमेरिका स्थित नेपाली दूतावास ,मेरिल्यान्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारी, न्यु योर्क र विसकनसिन च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागि परेका छन् ।
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’