संयुक्त अरब इमिरेट्स यूएईले कोभिड–१९ संक्रमणको जोखिमका कारण नेपाल र भारत लगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा रहेका छन् । कोभिड–१९ संक्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउने जाने यी मुलुकका लागि प्रतिबन्ध लगाइएको थियो ।
यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटीले ट्वीटमार्फत जारी दिइएको सन्देशमा यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैध रूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुने भनिएको छ ।
यद्यपि युएइ प्रवेश गर्नेले कोभिड विरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्ने छ । मुलुकमा कार्यरत चिकित्सक, नर्स र खोप नलगाएका प्राविधिकलगायतलाई भने यो समूहमा राखिएको छैन ।
संयुक्त राज्य अमेरिका, युरोप र अफ्रिकी देशहरूलाई जोड्ने हुनाले यात्रुहरूका लागि यूएई एउटा प्रमुख पारगमन केन्द्र हो तर कोभिड महामारीका कारण युएई हुदै यात्रा गर्न केही महिना यता अस्थायी रोक लगाइएको थियो ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन