पोखरा। शुक्रबार गण्डकीका ७०१ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३२७ जनामा गरिएको नमुना परीक्षणमा थप ७०१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २१६ जनाको नमुना परीक्षण गर्दा १६६ जना, तनहुँका ६४ जनाको परीक्षण गर्दा २७ जना, गोरखाका २२२ जनाको परीक्षण गर्दा ११३ जना, लमजुङका ५२ जनाको परीक्षण गर्दा १९ जना र नवलपुरका २११ जनाको परीक्षण गर्दा ११२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै स्याङ्गजाका १९० जनाको परीक्षणमा १०५ जना, पर्वतका ८० जनाको परीक्षणमा ३७ जना, बागलुङका १७७ जनाको परीक्षणमा ८८ जना, म्याग्दीका ५२ जनाको परीक्षणमा १२ जना र मुस्ताङ जिल्लाका ६३ जनाको परीक्षणमा २२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७० हजार ९६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ७१० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६४ हजार एक पुगेको छ।
शुक्रबार गण्डकीमा थप पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरका दुई जना, पर्वतका एक जना, म्याग्दीका एक जना र बागलुङका एक जना छन्।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार १२३पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु