यति एयरलाइन्सको ‘यति सस्तो’ अफर- अब काठमाण्डौ-पोखरा भाडा जम्मा १५ सय

यति एयरलाइन्सको ‘यति सस्तो’ अफर- अब काठमाण्डौ-पोखरा भाडा जम्मा १५ सय

yati-air

यति एयरलाइन्सले ‘यति सस्तो’ अफर अन्तर्गत न्यूनतम भाडादर कायम गरेको छ । अगस्ट ८ तारिखदेखि अगस्ट १४ तारिखसम्म लागू हुने गरी यतिले काठमाडौंदेखि विभिन्न ६ वटा गन्तव्यका लागि सस्तो अफर ल्याएको हो।

सस्तो अफर अन्तर्गत काठमाडौं–पोखराका लागि प्रतिटिकट १५ सय रुपैयाँ तोकिएको छ । यस्तै काठमाण्डौ -सिमराका १५ सय, काठमाण्डौ -भैरहवा १८ सय, काठमाण्डौ- विराटनगर १८ सय, काठमाण्डौ -भद्रपुर १९ सय र काठमाण्डौ-नेपालगञ्जका लागि २५ सय रुपैयाँ भाडादर कायम गरिएको छ ।

यो अफरको उपयोग गर्नका लागि यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेवसाइटमा गएर टिकट काट्नुपर्ने हुन्छ । टिकट काट्दा YETISASTO प्रोमोकोड प्रयोग गरेपछि अफर अन्तर्गतको सुविधा प्रयोग गर्न पाइनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ