काठमाडौँ । सरकारले श्वेतपत्र जारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले देशका वास्तविक आर्थिक अवस्था देखाउन भन्दै मंगलबार संसदमा आर्थिक श्वेतपत्र जारी गरेका हुन् ।
अर्थ मन्त्री शर्माले प्रस्तुत गरेको श्वेत पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता सम्हालेको आर्थिक वर्ष २०७४/०७५ देखि अहिलेसम्मका विभिन्न आर्थिक सूचकको तुलना गरिएको छ ।
श्वेत पत्रअनुसार ओली नेतृत्वको निवर्तमान सरकारको पालामा मुलुकको सार्वजनिक ऋण २५० प्रतिशतले बढेको पाइएको छ।
आर्थिक वर्ष २०७३/७४ मा कूल तिर्न बाँकी सार्वजनिक ऋण छ खर्ब ९८ अर्ब रुपैयाँ अर्थात् कुल गार्हस्थ उत्पादनको २२.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा २५० प्रतिशतले वृद्धि भइ १७ खर्ब २९ अर्ब रुपैयाँ अर्थात् कूल गार्हस्थ उत्पादनको ४०.५ प्रतिशत पुगेको श्वेत पत्रमा उल्लेख छ ।
कुल तिर्न बाँकी ऋणमध्ये आठ खर्ब एक अर्ब आन्तरिक ऋण र नौ खर्ब २८ अर्ब बाह्य ऋण रहेको छ ।
श्वेत पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७७/०७८ मा आन्तरिक ऋण दुई खर्ब २४ अर्ब र वैदेशिक ऋण एक खर्ब ४० अर्ब गरी जम्मा तीन खर्ब ६४ अर्ब अर्थात् कुल सङ्घीय खर्चको ३० दशमलव ८ प्रतिशत परिचालन भएको छ । यसरी सार्वजनिक ऋण उल्लेख्य रूपमा वृद्धि हुँदै गए पनि देशको आर्थिक वृद्धि तथा विकासमा अपेक्षित प्रतिफल हासिल हुन सकेको छैन ।’
यस्तो छ सरकारले ल्याएको श्वेतपत्रः
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”80573″ /]
सम्बन्धित खबर
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन