युवा पुस्तामाझ प्रिय गायक अर्जुन सापकोटाले तीजलाई लक्षित गर्दै नयाँ तीजे गीत सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक ‘हरर…’ बोलको तीज गीतलाई दर्शक/श्रोताले अत्यधिक मन पराएको प्रतिक्रिया दिएका छन् ।
सदाबहार प्रिय गायिका देवी घर्ती मगरसँगको सहकार्य अर्जुनलाई फेरि पनि फलिफाप हुने छनक देखिएको छ । अर्जुनलाई सबैमाझ प्रिय र चर्चामा ल्याएको गीत ‘बनकी चरी’ मा पनि देवी घर्तीको साथ छ ।
‘चुलबुले’ र ‘क्यूट’ गायकको उपमा पाएका अर्जुनले यस वर्ष पनि व्यस्त मोडल सारिका केसीसँग कम्मर भाँचेका छन् । यसअघि उनको तीजे गीत ‘कम्तिको छैन है म नि’ मा सारिका र देवी नै छन् ।
गुरुआमा फिल्मसकी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको भिडियोमा शरद एलजी, अभिषेक गुरुङ, रुबिना अधिकारी र नारायणी खत्रीले अर्जुन र सारिकासँगै स्क्रिन शेयर गरेका छन् । भिडियो सुरेश श्रेष्ठले खिचेका हुन् ।
यो गीत ‘हरर..’ को शब्द रचना शरद पाण्डेले गरेका हुन् भने अर्जुन स्वयंको भाका हो । यज्ञ सापकोटा, सज्जन बोहोरा, रुबी सिंजाली र पेमा रानाले गायनमा साथ दिएका छन् । कृष्ण बिक ‘भाञ्जा’को एरेन्ज रहेको छ । मारुनीमा रेकर्डिङ गरिएको गीतलाई खुमन राना, सुमन राना र कुमार रानाले रेकर्ड र मिक्सिङमा साथ दिएका छन् ।
सम्बन्धित समाचारः
‘बनकी चरी’ टिकटकमा मनकी चरी (भिडियो)
सम्बन्धित खबर
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु