काठमाडौँ । आज अगस्ट १२ तारिख । अन्तर्राष्ट्रिय युवा दिवस । नेपालमा पनि ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मुल नाराका साथ यो दिवस मनाउन लागिएको छ ।
युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कायन्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् ।
युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ ।
यसैगरी देशमा कुल जनसङ्ख्याका ४०.३ प्रतिशत रहेको युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितताको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यले सरकारले पहिलो पटक युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरेको छ ।
परिषद्ले सङ्घ र प्रदेशमा नमूना युवा संसद् गठन गरी अभ्याससमेत गरिसकेको छ । यसैगरी परिषद्ले ९० स्थानीय तहमा नमूना युवा संसद् गठन तथा अभ्यास र ७७ स्थानीय तहका एक हजार ९४ वडामा युवा क्लबसमेत गठन गरेको छ ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवा लक्षित धेरै कार्यक्रम सरकारले ल्याए पनि युवाको क्षमता विकासमा प्रभावकारी रुपमा काम गर्न नसकिएको बताएका छन् ।
युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ सालमा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ ले युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार वार्षिक पाँच लाख ३८ हजार विदेश जाने युवामा अहिले तीन लाख २३ हजारमा झरेको छ । यसबाट पनि नेपालमा नै युवा केही न केही रोजगारीतिर लागेको देखिन्छ ।
युवाका क्षेत्रमा मुलुकमा काम भइरहेकाले अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा १४५ औँ स्थानबाट ७७ औँ नम्बरमा पुगेको छ । सार्क देशमा चौथो स्थानमा रहेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु