गण्डकीमा एक मात्र प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशमा छायाँ सरकार बनाएको छ । एमाले संसदीय बोर्डको शुक्रबार बसेको बैठकले ९ वटा संसदीय समूह बनाएको हो । सो समूहले ११ मन्त्रालयका कार्यप्रगतिलाई नजिकबाट हेर्दछ । एमालेले यसरी खबरदारी गर्दा सरकारको मनपरी रोकिने एमालेको विश्वास छ ।
समूहहरुले मन्त्रालयका बजेट, योजना, कार्यान्वयनका पक्ष हेर्नेछन् । भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजक सोहि मन्त्रालयका पूर्वमन्त्री रामशरण बस्नेत छन् । रोशन गाहा मगर र प्रभा कोइरालालाई सदस्य चयन गरिएको छ ।
यस्तै, पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनलाई सामाजिक विकास समूहकै संयोजकको जिम्मेवारी दिइएको छ । सदस्यहरुमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट चुनिएका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण समूहको संयोजक सोहि मन्त्रालयका पूर्व मन्त्री विकास लम्साल बनाइएको छ । रामबहादुर गुरुङ र लक्ष्मी सुनार सदस्यमा छन् । कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूहको संयोजक चन्द्रमोहन गौचन छन् भने सदस्यमा पुष्पा केसी भण्डारी चुनिएकी छन् ।
इन्द्रलाल सापकोटाको नेतृत्वमा अर्थ समूह गठन भएको छ । यस समूहको सदस्यमा कृष्णबहादुर थापा छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकत्व मोहनप्रसाद रेग्मीले गर्नेछन् । समूहमा मायानाथ अधिकारी र मिना गुरुङलाई सदस्य बनाइएको छ ।
मनबहादुर गुरुङ, महेन्द्र थकाली सदस्य रहेको भूमि, व्यवस्था,कृषि समूहको नेतृत्व मित्रकुमारी गुरुङले गर्नेछिन् । ऊर्जा, खानेपानी समूहको संयोजक मिनप्रसाद गुरुङ बनेका छन् भने धनञ्जय दवाडीलाई समूह सदस्य बनाइएको छ । स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको संयोजकत्व राजीव पहारीलाई दिइएको छ । समूहको सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर छन् ।
साढे ३ वर्ष सरकार चलाएको एमाले अहिले प्रतिपक्षमा पुगेको छ । गत जेठ २७ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेको हो । कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जसपा र एक जना स्वतन्त्र सांसदसमेतको गठबन्धनबाट २९ जेठमा काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका थिए । एमाले एकमात्र प्रतिपक्षी दल हो । जसको एक्लै २८ सांसद छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प