अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही समूह तालिबान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको बीबीसीले जनाएको छ ।
अमेरिकी लगायतका विदेशी नागरिक काबुल छाड्न विमानस्थलमा लाइनमा लागिरहेका बेला घानीले पनि आफ्नो मुलुक छाडेका हुन् । घानीले अफगानिस्तान छाडेको खबरको पुष्टि अफगानी राष्ट्रिय मेलमिलाप परिषद्का प्रमुख अब्बदुल्लाह अब्बदुल्लाहले गरेका छन् ।
‘अफगानिस्तान कठिन स्थितीमा रहेका बेला राष्ट्रपति घानीले मुलुक छाडेका छन् । उनमा जवाफदेहिता देखिएन,’ अब्बदुल्लाहले एक भिडियो सन्देशमा भनेका छन् । घानी सन् २०१४ देखि अफगानिस्तानका राष्ट्रपति छन् ।
तालिबानले देशका मुख्य शहर कब्जा गरेर काबुल समेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेको बीबीसीले जनाएको छ । काबुलमा तालिबानको प्रवेशपछि राष्ट्रपति घानीलाई राजीनामा गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने दबाब बढेको छ ।
घानीले गत बिहीबार तालिवानसँग सत्तासाझेदारीको प्रस्ताव पनि गरेका थिए । तर, तालिवानले उनको प्रस्तावलाई अस्वीकार गरेको थियो।
तालिवानले सबै शहरमा पकड जमाएसँगै काबुल पनि घेराबन्दीमा पारेको छ । अलजजिराका अनुसार एक मन्त्रीले शान्तिपूर्ण ढंगले तालिवानलाई सत्ता हस्तान्तरण गरिने बताएका छन् ।
राष्ट्रपति कार्यालय तालिबानको कब्जामा
तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन् । राष्ट्रपति असरफ घानीले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् ।
साथै तालिबान विद्रोहीले राष्ट्रपति कार्यालयमा आफ्नो झण्डा गाडेका बीबीसीले जनाएको छ । राष्ट्रपति घानीले देश छाडेपछि सहजै रुपमा तालिबानले राष्ट्रपति कार्यालय कब्जा गरेको पनि बीबीसीले जनाएको छ ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन