पोखरा। मृगौला पीडितलाई सहयोग भन्दै पोखरामा चन्दा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्थाको नामबाट अवैध रुपमा चन्दा संकलन गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो पोखरा महानगरपालिका -२६ विजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा जिल्ला विर्तामोड नगरपालिका -९ पश्चिम स्ट्याण्ड बस्ने ३४ वर्षीया एलिजा बस्नेत, झापा हल्दिबारी गाउँपालिका -१ बस्ने ४४ वर्षीय धन बहादुर सेन्चुरी र झापा विर्तामोड नगरपालिका – १ पश्चिम स्ट्याण्ड बस्ने ३२ वर्षीय टेक बहादुर बस्नेत रहेका छन्।
उनीहरुले पाल्पा जिल्ला साविक झडेवा गा.बि.स वडा न-५ हाल माथगढी गाउँपालिका वडा न -४ बस्ने मृगौला पीडित ३६ वर्षीय चुडा बहादुर रुचालको उपचारका लागि भन्दै पोखरामा अटो ट्याम्पो मार्फत चन्दा संकलन गर्दै आएका थिए।
उनीहरुले ‘युनिक स्वयंसेवक नेपाल’ केन्द्रिय कार्यालय संस्था धरान सुनसरी नामको संस्था दर्ता गरी विभिन्न १२ जना बिरामीको नाउँमा चितवन, तनहुँ, दैलेख, सुनसरी, रूपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङजा लगायतका जिल्लाहरूमा बिना अनुमति चन्दा संकलन गरेको खुलेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार उनीहरुले चन्दा संकलनकै लागि भनेर १० वटा अटो ट्याम्पो भाडामा लिएर देशका प्रमुख शहरमा मृगौला पीडितको नाउँमा चन्दा संकलन गर्ने गरेका थिए।
पक्राउ परेका उनीहरुबाट प्रहरीले चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा तथा चार लाख छ हजार चार सय छ रुपैयाँ वरामद गरेको छ।
उनीहरूविरुद्ध विरुद्ध चन्दा ऐन २०३० अन्तर्गत जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’