गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तीज गीतमा जमेका गायकहरु मिलेर ‘दाजुभाइको तीज’ गीत सार्वजनिक गरेका छन् ।
तीजे गीतका सम्राट भनेर चिनिने पशुपति शर्मा, हिट तीज गीत दिँदै आएका गायक राजु ढकाल र यज्ञ सापकोटालाई पछिल्लो समय चर्चित युवा गायक अर्जुन सापकोटाले ‘दाजुभाइको तीज’ गीतमा समावेश गरेका छन् ।
गीत रमाईलो मात्र छैन, चेतनामूलक पनि उत्तिकै छ । खोप लगाएपनि कोरोना सार्न सक्ने भएकाले मास्क अनिवार्य लगाउन सुरुमै सचेतना प्रदान गरिएको छ ।
अर्जुन आफ्नै शब्द र संगीत रहेको गीतलाई कृष्ण बिक ‘भाञ्जा’ले एरेन्ज गरेका हुन् । यो गीतमा पशुपतिको चर्चित तीज गीत ‘सैले डोरी बाटेको चट्टै’, राजु ढकालको चर्चित तीज गीत ‘छाता हरायो’, अर्जुनकै तीज गीत ‘ढल्केरै नाच्छु’ र ‘बुट्टा भरेको’लाई पनि स्मरण हुने गरी जोडिएको छ ।
भिडियोमा सारिका केसीले कम्मर भाँचेकी छन् । मदन खड्काले निर्देशन गरेको भिडियो विरेन्द्र भट्टले खिचेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन् । भिडियोलाई गायक राजु ढकालकै न्यू ट्रान्जिट रेष्टुरेन्ट, सामाखुशीमा छायाँकन गरिएको हो ।
अर्जुनको हालै सार्वजनिक तीज गीत ‘हरर..’ अझै पनि म्युजिक तर्फ ट्रेण्डिङमा परिरहेको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु