पोखराको फूलबारी स्थित मणिपाल मेडिकल कलेज बिक्री हुने भएको छ। मणिपाल मेडिकल कलेजलाई पोखराकै अटो व्यवसायी आनन्द राज बतास र नारायण पौडेलले संस्थागत रूपमा खरिद गर्ने भएका हुन्।
भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको यो कलेज नेपालमा नै निजी क्षेत्रबाट सञ्चालनमा आएको पहिलो मेडिकल कलेज हो।
सन् १९९४ बाट सञ्चालनमा आएको यो मेडिकल कलेज भारतीय समूहले सवा तीन अर्ब रुपैयाँमा बिक्री गर्ने भएको हो। अब असोज १ गते देखी सम्पूर्ण रूपमा यो मेडिकल कलेज बतास र पौडेलले सञ्चालन गर्ने छन् भने मणिपाल समूह पूर्ण रूपमा बाहिरिने छ। मणिपाल खरिदका लागि बतास ग्रुप अन्तर्गत ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत शेयर रहने छ ।
मणिपाल मेडिकल कलेज कुल १० लाख स्क्यायर फिटमा रहेको छ। यसमा ६० रोपनी जग्गा आफ्नै छ भने १५० रोपनी जमिन लिजमा रहेको छ ।
अहिले अस्पतालमा झन्डै ९ सय जना कर्मचारी कार्यरत छन् । हाल अस्पतालमा ७५० बेड छन् । मेडिकल शिक्षामा १०० वटा सिट मणिपालले पाउने गरेको छ ।
सम्बन्धित खबर
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग