पोखरा । कास्कीबाट निर्वाचित संघीय सांसद एवं नेपाल सरकारका पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले मणिपाल शिक्षण अस्पतालको विक्री सम्बन्धमा चासो लिएका छन् । निवर्तमान गृहमन्त्री समेत रहेका अधिकारीले मणिपाल शिक्षण अस्पताल रहेको सरकारी स्वामित्वको जग्गा जमिनको दायित्व समेत स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।
पोखराका व्यवसायीहरु बतास अर्गनाइजेशनका आनन्दराज बतास र अटोवेज ग्रुपका नारायण पौडेलले मणिपाल शिक्षण अस्पताल सवा ३ अर्ब बढीमा किनेको समाचार सार्वजनिक भएपछि सांसद अधिकारीले यसतर्फ ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले मणिपाल शिक्षण अस्पताल र नेपाल सरकारबीच अस्पताल सञ्चालानार्थ २९ वर्ष अघिको सम्झौता सार्वजनिक गर्न पनि माग गरेका छन् । सन् १९९२ मा नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एण्ड मेडिकलबीच ४९ बर्षका लागि जग्गा भाडामा लिनेदिने र सो समय पश्चात् अस्पताल नेपाल सरकारलाई हस्तान्तरण हुने सम्झौता भएको बताइन्छ । यसै सम्बन्धमा पनि सम्झौता सार्वजनिक गर्न अधिकारीले माग गरेका हुन् ।
अस्पतालको भवन र जग्गासहित सम्पूर्ण सम्पति राज्यको हुन २० वर्ष अवधि बाँकी हुँदा भारतीय लगानीकर्ता राजश्व समेत नतिरी नेपालमै विक्री गरेर जान खोजेको भन्दै धेरैले आपत्ति जनाइरहेका छन् । केहीले भारतीयले सञ्चालन गर्नुभन्दा नेपाली, त्यसमाथि पोखरेलीले नै सञ्चालन गर्नु खुशीको कुरा भन्दै खरीदकर्ता दुई व्यवसायीलाई बधाई समेत दिइरहेका छन् ।
पूर्वमन्त्री अधिकारीले हालको सम्झौता पारदर्शी रुपमा सार्वजनिक गर्न समेत माग गरेका छन् । बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत शेयर कायम हुने गरी कलेजको जग्गासहितको संरचना खरिद गरिएको उनीहरुले बताएका छन् । अस्पतालकै ४० राेपनी जग्गा छ भनेे १६० राेपनी जग्गा नेपाल सरकारसँग भाडामा लिइएकाे छ ।
भारतकाे मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपको लगानीमा सञ्चालनमा आएको यो कलेज पछिल्लो समय अस्पतालको ट्रेड युनियनका कारण पनि समस्यामा पर्दै आएका छ । झण्डै एक अर्ब राजश्व समेत तिरेको छैन । यो दायित्व पनि खरीदकर्ताले सकार्ने गरी अहिले सम्झौता भएको बताइन्छ । नेपालमा बाह्य लगानीको पहिलो मेडिकल कलेजका रुपमा सन् १९९४ बाट सञ्चालनमा आएको यो अस्पतालमा ११ सयभन्दा बढी जनशक्ति कार्यरत छन् । नेपाल मेडिकल काउन्सिलबाट प्रतिवर्ष एक सय जनाको एमबीबीएस अध्यापनको अनुमति पाएको मणिपाल कलेजसँग नौ सय बेड क्षमताको अस्पताल पनि छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो