पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखराका विभिन्न ठाउँमा पहिरोले जनधनको क्षति गरेको हो ।
भलाममा दम्पतीको मृत्यु, छोरा बेपत्ता
पोखरा २०, भलाममा दम्पतीको मृत्यु भएको छ । ब्लकबाट निर्मित एकतले घरमाथि पहिरो झर्दा ४५ वर्षीय कृष्ण श्रेष्ठको मृत्यु भएको छ । उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङ श्रेष्ठको पनि ज्यान गएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार टाउकोमा गम्भिर चोट लागेका कृष्णको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमती सुनमायाको भने घटनास्थलमै ज्यान गएको हो । दुई छोरामध्ये एक जना वेपत्ताा छन् । एक घाइते भएका छन् । ३ वर्षीय छोरा सन्तोष वेपत्ता छन् भने ९ वर्षीय छोरा राजकुमार घाइते छन् । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
पोखरा ११ मा एकको मृत्यु, ४ घाइते
पोखरा ११ मा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
भञ्ज्याङ नमुना टोल स्थित ४२ वर्षीय लक्ष्य नेपालीको ब्लकले बनेको घर भत्कँदा नेपालीको मृत्यु भएको हो । उनकी १४ बर्षिया छोरी सृष्टी नेपाली घाइते भएकी छन् । उनको दुबै खुट्टा र ढाँडमा चोट लागेको प्रहरीले जनाएको छ ।
घटनापछि नेपालीलाई उद्धार गरी उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लागिएकोमा राति १ स् २८ मा मृत्यु भएको भएको प्रहरीको भनार्य छ । नेपालीकी श्रीमती र २ छोराहरूलाई सकुशल उद्धार गरी पोखरा ११ फूलबारी स्थित मामाको घरमा पठाइएको छ ।
यस्तै, घर माथिबाट पहिरो आई घर पुरिन जाँदा पोखरा – ११ बसेरीका ४० वर्षीय एकदेव तिमिल्सिना, उनकी श्रीमती ३८ वर्षीया ऋतु र छोरा १९ वर्षीय गिरीश घाइते भएको प्रहरीले जनाएको छ ।
तस्वीरः पत्रकार सूर्य बास्तोला मार्फत्
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो