पोखराको भलाममा बुधबार बेलुकीदेखि लगातार परेको भारी वर्षाले वितण्डा मच्चाएको छ। जनधनको क्षति भउको छ । स्थानिय भयभित छन् ।
पहिरोले भलामका ४५ वर्षीय कृष्णकुमार श्रेष्ठ र उनकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको ज्यान लियो । ३ वर्षका छोरा सन्तोष श्रेष्ठ वेपत्ता छन् । ९ वर्षिय छोरा राजकुमार घाइते भएका छन्।
भलाममा थप क्षति हुनबाट रोक्नका लागि उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताएका छन् । पाँच दर्जन बढी संख्यामा प्रहरी परिचालन भएको हमालले बताए ।
भलामको देउरालीस्थित दलित बस्ती सबैभन्दा बढी प्रभावित भएको छ । गाउँबीचमै पहिरो आइपुगेको छ । ढलेका रुखहरुको थुप्रो बनेको छ । त्यहाँ पुग्ने मोटरबाटो बिग्रिएको छ । खानेपानीको मुहान प्रभावित बनेको छ।
भलामको डाँडागाउँदेखि नै पहिरो झरेको अवस्था छ। पहिरोले देउरालीस्थित दलित वस्तीमा क्षति पुगेको छ। भलामबाट पत्रकार सूर्य बास्तोलाका अनुसार देउराली गाउँमा पानीको भल पसेर मानिसहरु विस्थापित छन् । दलित बस्तीमा मानवीय क्षति भने भएको छैन ।
स्थानिय हरिहर गुफा मुनी व्यावसायिक रुपमा संचालन गरेको एउटा कुखुराको खोरमा पहिरोका कारण क्षति पुगेको छ। पहिरोले कुखुराको खोर पुरिन गई करिब २५ सय जति कुखुरा नष्ट भएको छ । स्थानीय चिरञ्जीवी अधिकारीको बाख्राको गोठमा समेत क्षति पुगेको छ। पहिरोले अधिकारीको ६ वटा बाख्रा पुरेको बास्तोलाको भनाई छ ।




तस्वीरः पत्रकार सूर्य बास्तोला मार्फत्
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प