स्याङ्जामा गोरु काटेको अभियोगमा ३ जना पक्राउ

स्याङ्जामा गोरु काटेको अभियोगमा ३ जना पक्राउ

arrest-pakrau

पोखरा । स्याङ्जामा गोरु काटेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

गोरु काटेको अभियोगमा भिरकोट नगरपालिका ८ ढापुकफेदीका नैन सिंह गुरुङ, हुम प्रसाद गुरूङ र खेम गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

ढापुकफेदीमा गोरू काटी भागबण्डा लगाउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी दहथुम स्याङ्जाबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर तलासी गरेको थियो ।

घर तलासी गर्दा गोरू काटी छाला तोडी, टाउको, खुट्टा, शरिर छुट्टा छुट्टै बनाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु उपर पशुपंक्षी सम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ