असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय सञ्चालन हुने भएका छन् । सोमबार दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो।
स्थानिय तहको समन्वयमा नगर विकास समितिको सिफारिसमा असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालय सञ्चालन गर्न दिने अनुमति दिएको काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। उनले भने – ‘उपत्यकाका स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरिएको हो।’
विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भए नभएको भनेर नियमित नियमन गर्नुपर्ने उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन्।
सम्बन्धित खबर
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
आजको मौसम पूर्वानुमान
कपिलवस्तुमा एक दम्पती मृत फेला
आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
घट्यो पेट्रोलियम पदार्थको मूल्य
देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग