पोखरा । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।
सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पु¥याउने गर्छन् ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।
विशेष गरी धार्मिक तथा पितृकार्य गर्दा कुशको औंठी, मोटक, पवित्र, कुशको टुक्रा आदि प्रयोग गर्ने परम्परा छ ।
बुबाको मुख हेर्ने दिन
आजको दिन बुबाको मुख हेर्ने दिनको नामले पनि प्रसिद्ध छ ।
आज हरेक सन्तानले आफ्ना बुबालाई मिठामिठा खाना खान दिनुका साथै राम्रा कपडा दिएर सम्मान गर्ने गछ्र्रन् ।
आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ। यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।
बुबाको मुख हेर्नको लागि छोरीचेली माइत जाने प्रचलन पनि छ ।
मोती जयन्ती
आजै नेपाली साहित्य नक्षत्रका यूगकवी मोतीराम भट्टको १५४औँ जन्मजयन्ती मनाइँदैछ ।
विसं १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो ।
नेपाली साहित्यको क्षेत्रमा मोतीराम भट्टको पनि ठूलो योगदान छ । उनलाई नेपाली साहित्यमा गजल भित्र्याउने साहित्यकार भनेर पनि चिनिन्छ । आज नेपाली साहित्यकारले भट्टलाई विशेष श्रद्धापूर्वक सम्झने गर्दछन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु