कोभिड अस्पतालमा आगोलागी हुँदा १० बिरामीको मृत्यु

कोभिड अस्पतालमा आगोलागी हुँदा १० बिरामीको मृत्यु

aagalagi-fire

सांकेतिक तस्विर

म्यासोडोनियामा एउटा अस्पतालमा आगोलागी हुँदा कम्तिमा १० बिरामीको मृत्यु भएको छ । उत्तरी म्यासोडोनियाको एउटा कोभिड अस्पतालमा आगोलागी हुँदा बिरामीको जलेर मृत्यु भएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा तेतोभो सहरको अस्पताल भवनमा आगो र धुवाँको कालो मुस्लो देखिन्छ ।
अग्नि नियन्त्रकहरुले आधा घन्टामा नै आगो नियन्त्रणमा लिएका थिए ।

मृतकको संख्या अझै बढ्न सक्ने स्वास्थ्यमन्त्री भेनको फिलिप्सीले जानाकारी दिए । आगो लागेपछि बिरामीलाई अन्य अस्पतालमा लगिएको थियो । आगो लाग्दा अस्पतालमा कति बिरामी थिए भन्ने प्रष्ट पारिएको छैन ।

कोरोनाभाईरसका गम्भीर विरामीलाई उपचार गर्न गत वर्ष सो अस्पताल निर्माण गरिएको थियो । २० लाख जनसंख्या भएको म्यासोडोनियामा अहिलेसम्म कोभिडका कारण ६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ