काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स काठमाडौँ आइपुगेका छन् ।
उनीहरु कतार एयरवेजमार्फत बिहीबार बिहान ९ बजेर २५ बजे काठमाडौँ आइपुगेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
उनीहरु आइपुग्ने बेला विमानस्थल सहित काठमाडौँको सुरक्षा अवस्था कडा पारिएको थियो ।
चारदिने नेपाल भ्रमणको क्रममा उनीहरुले एमसीसी सम्झौताका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
एमसीसीलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा मतान्तर रहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको हो ।
चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच मिलेनियम च्यालेञ्ज सम्झौतामा हस्ताक्षर भएको थियो ।
उक्त सम्झौता अनुसार नेपालको संसदबाट यो सहायता अनुमोदन हुन भने बाँकी छ । सडक सञ्जाल र अन्तरदेशिय विद्युत् प्रसारण लाइन निर्माणको लागि अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने भनिएको ५० करोड डलर सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा विवाद बढिरहेको छ ।
हालै मात्र नेपाल स्पष्ट हुन खोजेका बुँदाहरुको जवाफ एमसीसीले पठाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु