गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले व्यापार–व्यवसायमा लाग्ने योजना सुनाएका छन् ।
‘अहिले व्यापार गर्ने योजना बनाइराखेको छु । मन्त्रालय सेटअप भइसकेपछि गर्छु । भात त खानु प-यो । यो (मन्त्रालयबाट आउने) तलबले चिया खान पनि पुग्दैन,’ आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा उनले भने ।
खोइ सम्पत्ति विवरण ?
मन्त्री नियुक्त भएको तीन महिना भइसक्दा पनि मन्त्री मनाङेले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । आफूले पहिला लगानी गरिदिएकाबाट आउनुपर्ने पैसा नआएकाले ढिलाइ भएको उनले बताए ।
‘पहिला बिजनेश गर्दा केटाहरूलाई लगानी गर्दिन्थेँ । धेरै यस्तो पैसा छ मसँग जुन आएको छैन । आउनेवाला छ भनेर लेख्न पनि गाह्रो,’ उनले थपे, ‘रामेले दुई लाख, श्यामेले तीन लाख लगेको छ भनेर कसरी लेख्ने ?’
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीहरूको आचारसंहिता २०७८ ले नियुक्त भएको ६० दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । आफूसँग भएको सम्पत्ति पहिलो श्रीमतिलाई दिएको उनले सुनाए । ‘सम्पत्ति छ । तर, पहिलो श्रीमतिलाई दिइसकेको छ, छोराहरूको नाममा राखिसकेको छ । मेरो भनौँ मलाई एक आना जग्गा पनि दिने होइन,’ मनाङेले भने ।
गत २९ जेठमा गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो । २९ जेठमा शपथ लिएका मन्त्री मनाङेबाहेक बाँकी चार जनाले सम्पत्ति विवरण बुझाइसकेका छन् ।
पछि ८ साउनमा मन्त्री बनेकासँग आचारसंहिताअनुसार अझै १० दिन समय छ । ८ साउनमा ६ जनाले शपथ लिएकोमा पाँच जनाले सम्पत्ति विवरण बुझाइसकेका छन् । त्यतिबेला शपथ लिएका भूमि, व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाको सम्पत्ति विवरण सार्वजनिक भएको छैन ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’