काठमाडौँ । इजरायल जाने नेपाली कामदारको भाषा परीक्षा आज हुँदैछ । भाषा परीक्षाका लागि काठमाडौँमा ११ वटा केन्द्र तोकिएका छन् ।
इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षण हुन लागेको हो ।
रोजगारीका लागि एक हजराको कोटा भएपनि ७ हजारले परीक्षा दिन लागेका छन् । ११ स्थानका १६ परीक्षा केन्द्रमा सोमबार १ बजे भाषा परीक्षामा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला रहने विभागले जनाएको छ । परीक्षाका लागि ९ हजारले आवेदन दिएपनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकोले अस्वीकृत भएका छन् ।
भाषा परीक्षा सुरु हुनु ३ घन्टाअघि नै तोकिएको परीक्षा केन्द्रमा पुग्नुपर्नेछ । परीक्षालाई मर्यादित बनाउन सबै केन्द्रमा वैदेशिक रोजगार विभाग बाहेकका विभिन्न निकाय र मन्त्रालयका कर्मचारीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको छ ।
वैदेशिक रोजगार विभागले सोमबार भाषा परीक्षा गरी २ दिनभित्र कम्युटरको माध्यमबाट परीक्षण गरी नतिजा सार्वजनिक गर्ने भएको छ ।
यस्तै भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तवार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने भएको छ । ८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्र्तवार्ता पास गर्नुपर्ने नियम लागु गरिएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु