काठमाडौँ । चारदिने नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली स्वदेश फर्किएको छ। उपाध्यक्ष सुमारसहितको टोली हिजो बेलुकी स्वदेश फर्किएको हो।
गत बिहीबार नेपाल आएको एमसीसी टोलीले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो ।
सबै भेटवार्तामा एमसीसी प्रतिनिधिमण्डलले एमसीसी सहयोगबारे स्पष्ट हुन आग्रह गर्दै नेपालको भौतिक पूर्वाधारको विकासका लागि परियोजना महत्त्वपूर्ण रहेको बताएको थियो । स्वदेश फर्कनुअघि पत्रकार सम्मेलन गर्दै सुमारले सम्झौता संसदबाट अनुमोदन गर्न अत्यन्त जरुरी रहेको र छिटो अनुमोदन हुनेमा आफू आशावादी रहेको बताएकी थिइन् ।
सरकारले भने राजनीतिक सहमति जुटाएर सम्झौतालाई कार्यान्वयनमा लैजाने आश्वासन दिएको छ । हाल सत्तारुढ दलभित्रै एमसीसीबारे समान धारणा बन्न सकेको छैन ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’