अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको आतंवादी हमलाका मुख्य योजनाकार मध्ये एक हुन् आइमान-अल-जवाहिरि । हमलाको केही महिनापछि नै अमेरिकी आक्रमणमा उनी मारिएका खबर बाहिर आएको थियो अमेरिकाले पनि उनलाई मृत घोषित गरेको थियो ।
तर, २० वर्षपछि उनी एक भिडियोमार्फत सार्वजनिक भएका छन् । जीहादीहरुको बेवसाइट हेर्ने इन्टिेलिजेन्स ग्रुपले यसको पुष्टि गरेको हो । उनले सार्वजनिक गरको भिडियो शनिबार पत्ता लागेको बुझिएको छ ।
भिडियो सन्देशलाई उदृत गर्दै सञ्चारमाध्यम हिन्दूले लेखेको छ,‘जेरुसेलम कहिलेपनि यहुदीकरण हुनेछैन । अल–कायदाले गरेको हमलालाई म प्र्रशंसा गर्छु । अफगास्तिानबाट अमेरिकी फौजको करिब २० वर्षपछि फिर्ता भएको छ । अमेरिकाले अफ्नो सैन्य शक्तिलाई फिर्ता बोलउन विषय सन् २०२० को फेब्रुअरी मै सम्झौता भएको थियो ।’
जवाहिरीले अफगानिस्तानको तत्कालका घटनामाथि निन्दा नगरेको समेत जनाइएको छ । उनले सिरियाको रक्का शहरमा रुसी सैन्य विरुद्ध गरेको कारवाहीको निन्दा गरेका छन् । रेर्कड गरेको भिडियो ६१ मिनेट, ३७ सेकेण्डको रहेको छ । जवाहिरी इजिप्टका नागरिक हुन् । उनी ओसामा विन लादेनको मृत्यु पछि अल–कायदाका प्रमुख बनेका थिए ।
सम्बन्धित खबर
रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
दूधमा पनि बर्ड फ्लूको भाइरस फेला
भारतमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु
यूएईमा एक नेपाली महिलाको मृत्यु, श्रीमान् फरार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का एक बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग