काडमाडौँ । आज ५७ औं राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा राखेको छ । तर बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।
देशका विभिन्न स्थानमा बाल श्रम शोषणको घटना जारी रहेको, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या अझै धेरै रहेको अधिकारकर्मीहरुले जनाएका छन् ।
हाल देशभर ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ । जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या १ करोड पाँच लाख ४६ हजार छ ।
पछिल्ला वर्ष विश्वव्यापी कोरोना महामारीका कारण बालबालिकाको नियमित पठनपाठनमा असर पुगेको छ ।
साथै दुर्गम गाउँ र बस्तीमा रहने बालबालिका अनलाइन कक्षाबाट वञ्चित हुनुपरेको अवस्था छ । अठार वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू सङ्क्रमणको जोखिममासमेत छन् ।
दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई भविष्यका जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्व भएको बताएकी छन् । उनले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीन तहका सरकार, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गरिन् । साथै बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बालअधिकारको संरक्षणमा आ–आफ्नो भूमिका निभाउन सबै पक्षको ध्यानाकर्षण गराएकी छन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोरोना विरुद्धको खोप दिन सरकार पूर्ण प्रयासरत रहेको बताएका छन् ।
राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना संदेशमार्फत उनले कोरोनाबाट प्रभावित बालबालिकाका लागि हरेक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको बताए ।
महामारीको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको उनको भनाइ छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’