पोखरामा असोज १ देखि विद्यालय तथा ट्युसन सेन्टर खुल्ने

पोखरामा असोज १ देखि विद्यालय तथा ट्युसन सेन्टर खुल्ने

school pokhara

पोखरा महानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरु आगामी असोज १ गतेदेखि खुल्ने भएका छन्।

पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले बुधबार एक सूचना जारी गर्दै महानगर भित्रका  सम्पूर्ण विद्यालय, पूर्व प्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण केन्द्र खोल्ने निर्णय गरेको जनाएको हो ।

सूचनामा भनिएको छ -‘कोभिड -१९ स्वास्थ्य सम्बन्धी मापदण्ड, विद्यालय संचालन कार्यढाँचा -२०७७ मा उल्लेखित मापदण्ड एवं यसमा संग्लग्न मोडालिटी अनुरुप विद्यालय खुल्नेछन्।’

कार्यढाँचा अनुसार विद्यालयमा प्रार्थना, खेलकुद लगायत अन्य भीडभाड हुने अतिरिक्त क्रियाकलापमा भने हाललाई निषेध गरिएको छ।

यसका लागि विद्यालयले अनिवार्य रुपमा विद्यालय संचालन कार्ययोजना बनाइ विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गरी एक प्रति अनिवार्य शिक्षा महाशाखामा पेश गर्नुपर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ