बिहीबार गण्डकीका १३७ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९६३ जनामा गरिएको नमुना परीक्षणमा थप १३७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३८८ जनाको परीक्षण गर्दा १०३ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
यस्तै, तनहुँका सात जना, लमजुङका छ जना र नवलपुरका नौ जनामा कोरोना पुष्टि भएको छ ।
यता, स्याङ्गजाका नौ जना, पर्वतका दुई जना र बागलुङ जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८४ हजार ७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट २५२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८१ हजार १४३ पुगेको छ।
बिहीबार गण्डकीमा थप चार कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका दुई जना, बाग्लुङका एक जना र कास्की रुपा गाउँपालिकाका एक जना छन्।
आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३३९ पुगेको निर्देशनालयले जनाएको छ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी