दाङ । प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा तीन महिलालाई पक्राउ गरेको छ । रक्सी (बियर) र चिया खाएकै भरमा बलात्कारकाे उजुरी दिन्छु भनेर धम्की दिइ एक पुरुषसँग ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाख रुपैयाँमा टुङ्ग्याइ पैसा असुल्ने तीन महिलालाई पक्राउ गरी आज आइतवार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १५ की २२ वर्षीया सीतादेवी थापा, त्यही ठाउँकी ३५ वर्षीया खुमा वली र घोराही ५ की ३२ वर्षीया सुस्मा परियार रहेका छन् । पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेरा/कोठाबाट प्रहरीमा उजुरी दिने धम्की दिइ युवकबाट लिएकाे १७ लाख रुपैयाँकाे सिभिल बैंकको चेक एक थान र एक लाख रुपैयाँकाे एक थान चेक बरामद भएकाे प्रहरीले जनाएकाे छ । त्यही रकमकाे एक लाख रुपैयाँ थापाले ब्याजमा लगाइसकेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान छ ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’