नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको गण्डकी प्रदेशमा १०० दिन पूरा भएको छ । गत २९ जेठमा एमालेका पृथ्वीसुब्बा गुरुङलाई विस्थापन गर्दै कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धन सरकार बनेको हो ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको सरकारले ‘हनिमुन पिरियड’ पूरा गर्दा नियमित कामबाहेक उत्साहजनक काम केही भएको छैन । ३१ पानाको किताब नै छपाएर २९ आफूले गरेको काम सोमबार पत्रकारमाझ सार्वजनिक गरिएको छ । सामान्य विषयलाई पनि किताब नै प्रकाशन गरेर उपलब्धि देखाइएकोबारे पत्रकारले मुख्यमन्त्री पोखरेललाई प्रश्न पनि गरेका थिए । उनले प्रदेश सरकारको कामको विश्लेषण गर्ने जिम्मा पत्रकारलाई नै दिए ।
निकै सामान्य कामहरुले पाना भरिएका छन् । पत्रकार महासंघलाई फर्निचर दानदेखि तालिम, विचार लेखन प्रतियोगिता जस्ता कामलाई पनि गण्डकी सरकारले उपलब्धि मानेको छ । यस्तै, राजनीतिक नियुक्ति, प्रतिवेदन तयार, अन्र्तक्रिया लगायतलाई उपलब्धि ठानेको छ ।
सरकारले गर्नुपर्ने केही राम्रा काम पनि गरिएको छ ।कोभिडविरुद्धको पहिलो खोप ६ लाख ८५ हजार ५ सय ८० जनालाई र दोस्रो डोज खोप ५ लाख ९१ हजार ९ सय ४७ जनालाई दिइएको प्रदेश सरकारले जनाएको छ । साथै, कोभिडविरुद्धको तयारीका लागि आवश्यक जनशक्ति व्यवस्था, स्वास्थ्य उपकरण र अस्पतालको स्तरोन्नतिका कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइएको उपलब्धि पुस्तिकामा उल्लेख छ ।
क्यान्सरपीडित महिला र मनाङका बाढीपीडितको ‘घाउमा मलम’ लगाउने काम प्रदेश सरकारले गरेको छ । २९ जेठमा सरकार बनेलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले स्तन र पाठेघरको उपचार निःशुल्क गर्ने घोषणा गरेको थियो । त्यो कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार छ ।
गण्डकी प्रदेशलाई सडक मानवमुक्त घोषणा गर्ने तयारीमा पनि प्रदेश सरकार छ । त्यसका लागि सडक आश्रित सहयोगापेक्षी मानव उद्धार, पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत भइसकेको छ ।
१ सय दिनमा निजी धारा तथा आधारभूत खानेपानीमार्फत थप २.३३ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको उपलब्धिमा उल्लेख छ । प्रदेशमा हालसम्म ९३.६३ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । सरकारले २० किलोमिटर सडक कालोपत्रे र १० किलोमिटर सडक ग्राभेल गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
पृथ्वीसुब्बा नेतृत्वको सरकारको काम पनि आफ्नै दावी
लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल पृथ्वीसुब्बा नेतृत्वको सरकारले बनाएको हो । पोखरेल नेतृत्वको सरकारले आफूले नै त्यो काम थालेजस्तो गरी हनिमुन पिरियडको उपलब्धिमा अस्पतालको भवन निर्माणलाई देखाएका छन् । सरुवा रोग अस्पतालको भवन निर्माणको शिलान्यास पृथ्वीसुब्बा गुरुङले १० जेठमा गरेका थिए ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र गण्डकी विश्वविद्यालयको भवन निर्माणको काम पनि आफ्नै पालामा सुरु भएजस्तो गरी उपलब्धिमा देखाइएको छ । तर, सरुवा रोग अस्पतालको भवनसहित प्रतिष्ठान र विश्वविद्यालयको भवन निर्माणको काम पृथ्वीसुब्बा गुरुङकै पालामा अघि बढेको हो ।
गत फागुन तेस्रो हप्ता पोखरा आउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षण प्रतिष्ठानको भवनको शिलान्यास गरेका थिए । विश्वविद्यालयको भवनको काम पनि पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदै गत वैशाख दोस्रो हप्ता सुरु भएको हो ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”83959″ /]
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो