कञ्चनपुर । कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
सोमबार साँझ करिब ८ बजे दोधारा चाँदनी नगरपालिका–८ को सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले आक्रमण गरेका हुन् ।
आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते भएका छन् । घाइतेमध्ये सशस्त्र प्रहरी जवान सुन्दर सुनारको टाउको हात र खुट्टा चोट लागेको छ ।
घाइतेहरुको दोधारा चाँदनीको स्वास्थ्य चौकीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए । ७÷८ जनाको समूहमा आएका तस्कर आक्रमणपछि भागेका छन् ।
मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका उनीहरुले सीमाक्षेत्र नजिक ढु्ङ्गामुढा गरेका हुन् । उनीहरुको पहिचान भएको र पक्राउ गरी कानुन अनुसार कारबाही गर्ने आश्वासन भारतीय पक्षले दिएको पनि एसपी ऐरले बताए ।
यसअघि कैलालीमा तस्कर समूहले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या गरेका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु