पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अाज शनिबार पालिकास्तरीय कार्यसमिति चयन हुँदै छ । पोखरा महानगरमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मतदान स्थल नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्र रहेको छ ।
पोखरा महानगरपालिकामा ६ जना सभापति बन्ने दाैडमा छन् । पत्रकार गंगाधर पराजुली, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला र पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, अर्का नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र अर्की पत्रकार ज्योति हमाल चुनावी प्रतिष्पर्धामा छन् ।
उपसभापतिमा पनि ६ जना कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल प्रतिष्पर्धामा छन् ।
२ जना नै निर्वाचित हुने सचिवमा ३ जना, तथा २ जना नै निर्वाचित हुने सहसचिवमा ७ जनाले दाबी गरेका छन् । सचिवमा गणेशबहादुर थापा, टुबराज बास्तोला, सुरेन्द्रबावु तिवारीले नाम दर्ता गराए ।
सहसचिवमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, शिवमोहन अधिकारी, सञ्जय आले र संघर्ष कोइरालाले दाबी पेस गरेका छन् । कार्यसमिति सदस्यमा अधिकांश निर्विरोध निर्वाचित भएका छन् ।
पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जनाले मतदान गर्न पाउने छन् ।कास्कीका केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भइसकेको छ । अाजै घाेषणा हुनेछ । सभापतिका लागि मनपति भण्डारीले मात्रै मनोनयन दर्ता गराएका छन् । उपाध्यक्ष सुशील भट्टचन र गौमाया नेपाली, सचिव कृष्णप्रसाद सुवेदी र विजय गुरुङ एवं सहसचिव ध्रुव घले र मुक्ति गुरुङ चयन भएका हुन् । सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’