पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अाज शनिबार पालिकास्तरीय कार्यसमिति चयन हुँदै छ । पोखरा महानगरमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मतदान स्थल नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्र रहेको छ ।
पोखरा महानगरपालिकामा ६ जना सभापति बन्ने दाैडमा छन् । पत्रकार गंगाधर पराजुली, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला र पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, अर्का नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र अर्की पत्रकार ज्योति हमाल चुनावी प्रतिष्पर्धामा छन् ।
उपसभापतिमा पनि ६ जना कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल प्रतिष्पर्धामा छन् ।
२ जना नै निर्वाचित हुने सचिवमा ३ जना, तथा २ जना नै निर्वाचित हुने सहसचिवमा ७ जनाले दाबी गरेका छन् । सचिवमा गणेशबहादुर थापा, टुबराज बास्तोला, सुरेन्द्रबावु तिवारीले नाम दर्ता गराए ।
सहसचिवमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, शिवमोहन अधिकारी, सञ्जय आले र संघर्ष कोइरालाले दाबी पेस गरेका छन् । कार्यसमिति सदस्यमा अधिकांश निर्विरोध निर्वाचित भएका छन् ।
पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जनाले मतदान गर्न पाउने छन् ।कास्कीका केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भइसकेको छ । अाजै घाेषणा हुनेछ । सभापतिका लागि मनपति भण्डारीले मात्रै मनोनयन दर्ता गराएका छन् । उपाध्यक्ष सुशील भट्टचन र गौमाया नेपाली, सचिव कृष्णप्रसाद सुवेदी र विजय गुरुङ एवं सहसचिव ध्रुव घले र मुक्ति गुरुङ चयन भएका हुन् । सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ