पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । बिझुक्छेले ४१४ मत ल्याउँदा गंगाधरले ३४६ मत पाए । गंगाधरसहित ५ प्रतिस्पर्धीलाई हराउँदै बिजुक्छे सभापति निर्वाचित भए ।
सभापतिका लागि रामराज लामिछाने, मिलन तिवारी, मोहन प्रसाद बास्तोला, ज्योति हमाल प्रतिस्पर्धामा थिए । मत परिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।
निवर्तमान उपसभापति समेत रहेका बिजुक्छे पोखरा उद्योग वाणिज्य संघका महासचिव हुन् । कांग्रेस पोखरा महानगर समितिमा कुल एक हजार ३७० मतदाता भएपनि नयाँ नेतृत्व चयनका लागि १३ सय ४४ मत दिएका थिए ।
उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भएका छन् । टुबराज बाँस्तोला र गणेशबहादुर थापा सचिवमा विजयी हुँदा संघर्ष कोइराला र सन्जय आले सहसचिवमा निर्वाचित भएका छन् ।
उपसभापति भण्डारीले पाँच सय ६९ र बरालले चार सय ६४ मत पाए । उपसभापति पदका लागि सात जनाको उम्मेदवारी परेको थियो ।
सचिव पदमा टुवराज बास्तोला र गणेशबहादुर थापा निर्वाचित भएका छन् । उनीहरूले क्रमशः आठ सय ५९ र सात सय ८९ मत पाए । सचिव पदमा उम्मेदवारीको दिएका सुरेन्द्रबाबु तिवारीले ६ सय २१ मत पाए ।
त्यस्तै, सहसचिव पदमा सङ्घर्ष कोइराला पाँच सय ८० मतसहित निर्वाचित हुँदा अर्को सहसचिवमा चार सय ६५ मतसहित सञ्जय आले निर्वाचित बने ।

यससँगै कास्कीका ५ स्थानिय तहमा काँग्रेसको नयाँ नेतृत्वको टुंगो लागेको छ ।
मादी गाउँपालिकामा यामप्रकाश गुरुङ सभापति निर्वाचित भएका छन् । देवीजंग गुरुङलाई १ मतले हराउँदै यामप्रकाश निर्वाचित भएका हुन् । देवीले ९२ मत पाउँदा यामप्रकाशले ९३ मत पाएका हुन् ।
माछापुच्छ्रे गाउँपालिका समितिको सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भएका छन् । मधुसूदन अधिकारीलाई १५ मतले हराउँदै वीरेन्द्र सभापति निर्वाचित भएका हेन् । उनले ९१ मत पाउँदा मधुसूदनले ७६ मत पाए ।
अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारी सभापतिमा सर्वसम्मत चुनिएका छन् । उनको नेतृत्वमा समितिका सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् । उपसभापतिमा गौमाया नेपाली र सुशील भट्टचन निर्वाचित भए ।
रुपा गाउँपालिकामा पनि सर्वसम्मत सभापति चयन गरिएको छ । बिमलबाबु न्यौपानेको नेतृत्वमा गाउँपालिका समिति निर्विरोध चयन भएको हो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो