पोखरा । कोरोना भाइरस संक्रमणका कारण पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ४ जनाकाे मृत्यु पुष्टि भएकाे छ । कास्कीकाे पाेखरा १० की ३८ वर्षीया महिलाकाे आइतबार मेडिप्लस अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
पाेखरा १ की ३९ वर्षीया महिलाकाे उपचारकाे क्रममा शनिबार पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे छ । पाेखरा १ का ७५ वर्षीय पुरुषकाे चरक मेमाेरियल अस्पताल पाेखरा र रुपा १ की ९१ वर्षीया महिलाकाे गण्डकी मेडिकल कलेज पाेखरामा शुक्रबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३५७ पुगेको छ ।
कास्कीमा १२४ सहित गण्डकीमा १९२ मा पुष्टि
पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६५ जना पुरुष तथा ५९ जना महिला गरी १२४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २५६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १९२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका १२४ जनासहित म्याग्दीका ७ जना, पर्वतका २ जना, गाेरखाका ३१ जना, लमजुङका १० जना, तनहुँका ३ जना, स्याङ्जाका १३ जना र नवलपुरका २ जना गरी प्रदेशका ८ जिल्लामा १०२ पुरुष तथा ९० जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८५ हजार २३४ पुगेको छ। पछिल्लो २४ घण्टामा २६२ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ७२४ पुगेको छ ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो