पोखरा। शनिबार पोखराका केही क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । बुस कटिङ (रुखका हाँगा तथा बास काट्न) का लागि विद्युत अवरुद्ध हुने भएको हो । पछिल्लाे समय पाेखरा क्षेत्रमा विद्युत मर्मत कार्य भइरहेकाे छ ।
पोखराको सहिदचोक र एयरपोर्ट फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रले आज सूचना जारी गर्दै एयरपोर्ट फिडर अन्तर्गतका क्षेत्रमा बिहान १०ः३० देखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ ।
‘पृथ्वीचोक, सिर्जनाचोक, नागढुंगा, जनप्रिय क्याम्पस, रत्नचोक, सहिदचोक, राष्ट्रबैंक चोक, ड्यामसाइड, बिरौटा, आँखा हस्पिटल, संग्रिल्ला होटल, घारीकुलो, हेल्थपोस्ट वरिपरि लगायतका क्षेत्रमा मिति २०७८/०६/१६ गते बिहान १०:३० बजे देखि दिउँसो ४:०० बजे सम्म लाईन अबरुद्ध हुने ब्यहोरा जानकारी गराउदछौ ।’ सूचनामा उल्लेख छ ।
बलौदीमा ट्रांसफार्मर स्थानान्तरण गर्ने कार्यको लागि मिति २०७८/०६/१६ गते बिहान १०:०० बजे देखि दिउँसो ४:०० बजे सम्म बलौदी, जरेबर, ठाडोपसल, तालबाराही स्कूल आसपास लगायतका स्थानमा लाईन अबरुद्ध हुने ब्यहोरा जानकारी गराउँदछौ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’