ध्रुबसागर शर्मा, गलेश्वर । नेपालीहरुको महान पर्व दसैँलाई लक्ष गरेर मुस्ताङका भेडाच्याङ्ग्रा बजारमा आउन थालेका छन् । कोभिड–१९ का कारण तिब्बतबाट भेडाच्याङ्ग्रा ल्याउन नसकेपछि मुस्ताङका विभिन्न ठाउँमा पालिएका भेडाच्याङ्ग्रा बजारमा ल्याउन थालिएको हो ।
गत वर्ष पनि कोभिड– १९ का कारण कोरला नाका भएकाले तिब्बतबाट भेडाच्याङ्ग्रा आयात हुन नसकेपछि मुस्ताङबाटै सात हजारभन्दा बढी भेडाच्याङ्ग्रा बजारमा पठाइएको थियो । गतवर्ष साना भेडाच्याङ्ग्रासमेत बजारमा पठाइएको थियो । यसवर्ष मुस्ताङमै भेडाच्याङ्ग्राको सङ्ख्या कम भएकोले चार हजारको हाराहारीमा मात्र बजार पठाउन लागिएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
“अत्यन्त कम संख्यामा मुस्ताङबाट भेडा च्याङ्ग्रा निकासी भएका छन्, मूल्य आकासिएको छ” भेडाच्याङ्ग्रा लिएर बेनी आउँदै गर्नुभएका पृथ गुरुङले भने, “बेनी–जोमसोम सडकमा ज्यानै फालेर यहाँसम्म ल्याइपु¥याएँ,चार दिन लाग्यो ।”
उनका अनुसार मुस्ताङमै अत्यन्त कम भेडाच्याङ्ग्रा भएका कारण गोठमै एउटा च्याङ्ग्राको रु ३४ हजारभन्दा बढी तिर्नु परेकाले यसवर्ष भेडाच्याङ्ग्राको मूल्य बढेको हो ।“एक त गोठमै महँगा भए, त्यसमाथि बाटोको समस्याका कारण यसवर्ष मुस्ताङका भेडाच्याङ्ग्राको मूल्य बेनीमा नै रु ३५ हजार भन्दामाथि पर्छ, पोखरा–काठमाडाँै पु¥याउदा रु ३८ हजारको हाराहारीमा पर्न आउला” गुरुङले भने ।
तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको भाउ प्रतिगोटा रू सात हजारदेखि १० हजारसम्मले महङ्गिएको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले बताए ।
मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले यसवर्ष मुस्ताङ्मै भेडाच्याङ्गाको अभाव देखिएको जानकारी दिए ।गतवर्ष मुस्ताङबाट मात्रै करिब सात हजार च्याङ्ग्रा बिक्रीका लागि पठाइएकाले यसवर्ष धेरै भेडाच्याङ्ग्रा नभएको उनको भनाइ थियो ।
सम्बन्धित खबर
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
कालीगण्डकीमा २२ करोडको अस्पताल बन्दै, निर्माण सकिने टुंगो छैन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी
पोखरामा ‘प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित