एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजले जित निकालेको छ । टियु क्रिकेट मैदानमा सोमबार पोखराले काठमाडौं किङ्स-११ लाई डीएल पद्दतिको आधारमा १४ रनले हराएको हो ।
पोखरासँग हारसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ । काठमाडौं ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अब प्लेअफमा पुग्न काठमाडौंलाई अन्तिम खेल जित्नै पर्ने भएको छ । पोखरा भने यस अघि नै प्लेअफ पुगिसकेको छ । दोस्रो स्थानमा उक्लिएको पोखराले ५ खेलमा ७ अंक जोडेको छ ।
काठमाडौंले दिएको १ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखराले १५ ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रन जोडेको थियो ।पोखरालाई जितको लागि ३० बलमा ४१ रन आवश्यक परेको अवस्थामा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल पुन: सुरु भएन र डीएलको आधारमा पोखराले जित निकालेको हो ।
वर्षाले खेल रोकिनु अघि पोखराका सहन अर्चाचिगेले ४३ रन बनाए। विवेक यादव ४१ रनमा अविजित रहदा लोकेश बम १८ रनमा अविजित रहे । रिचार्ड लेभी १७ रनमा आउट भए ।
काठमाडौंका जितेन्द्र मुखिया र गुलशन झाले २/२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
काठमाडौंका लागि अमित श्रेष्ठ र रायन बुर्लले अर्धशतक बनाए । अमितले ४१ बलमा ५६ रन जोड्दा दुई छक्का र ६ चौका प्रहार गरे । बुर्लले ४३ बलमा ५० रनको योगदान गरे । उनले तीन छक्का र दुई चौका हिर्काए ।
कप्तान सन्दीप लामिछानेले ३१ रनको योगदान गरे । ११ बल खेलेका लामिछानेले तीन छक्का र दुई चौका हाने । रहमानुल्लाह गुर्बाज १२, अमर रौटेला ७, असान प्रियन्जन ५, सुवास खकुरेल २ रन र राजु रिजाल शुन्य रनमा आउट भए । गुलशन झाले एक रन जोडे ।
पोखराका लागि विवेक यादवले सर्वाधिक तीन विकेट लिए । सहन अर्चाचिगे, बिक्रम सोब, नन्दन यादव र किशोर महतोले एक-एक विकेट लिए ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’