काठमाडौं । सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को नयाँ आवेदन दशैँपछि खुला हुने भएको छ । तत्कालका लागि आवश्यक तयारी नपुगेको भन्दै यातायात व्यवस्था विभागले दशैँलगत्तै नयाँ आवेदन खुलाउने तयारी गरेको हो ।
यसअघि यातायात व्यवस्था विभागले असोज पहिलो सातादेखि आवेदन खुलाउने तयारी गरेको थियो । विभागका महानिर्देशक नमराज घिमिरेले प्रदेश सरकारको तयारी नपुगेपछि दशैँपछिका लागि सारिएको जानकारी दिए ।
गत वैशाख १६ देखि नयाँ आवेदन बन्द गरिएको थियो । यसैबीच प्रयोगात्मक परीक्षा नियमित गरिएको थियो । कारोना महामारी अघिसम्ममा नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजारको सङ्ख्यामा रहेको थियो ।
लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । विभागमा सबै प्रक्रिया पुरा गरी परीक्षा उत्तीर्ण गरिसकेका सवारी चालकका लागि सात लाख प्रति लाइसेन्स छपाइ गर्न अझै बाँकी छ ।
सात लाख सेवाग्राहीले करिब डेढ वर्षदेखि स्मार्ट लाइसेन्स कुरिरहेका छन् । कार्ड अभाव भएपछि छपाइको काम रोकिएको हो । महानिर्देशक घिमिरेका अनुसार कार्ड आउन कम्तीमा एक महिनाको समय लाग्नेछ । त्यसका लागि डेलिभरी अर्डर यस अघि नै भइसकेको छ।
तिहारसम्ममा कार्ड आइसक्ने र त्यसपछि मात्र छपाइको काम सुरु हुनेछ । ‘यसका लागि फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याउँदैछौँ,’ उनले भने । २०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि छपाइको काम बाँकी रहँदै आएका छ ।
यसैबीच सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागिएको समेत विभागले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सूचना पठाइसकिएको र नयाँ मन्त्री नियुक्त भएसँगै राजपत्रमा प्रकाशन हुने विभागको विश्वास छ ।
सवारीसाधनको विवरण डिजिटल प्रणालीमा राख्न इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याइएको हो । बीचमा केही समय स्थगित भएको इम्बोस्ड नम्बर प्लेट २०७७ साउन १ बाट पुनः नियमित गरिएको थियो । अहिले इम्बोस्ड नम्बरप्लेट राख्न आउनेको सङ्ख्या कम भएकाले अनिवार्य गर्न लागिको विभागले जनाएको छ । विभागले २०७४ भदौ ५ गतेबाट इम्बोस्ड नम्बरप्लेट वितरण सुरु गरेको थियो । -गोरखापत्र
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन