फुकुओका नेपाल सोसाईटीले नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर शुुभकामना आदन–प्रदान तथा साहित्यिक सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ ।
१९९५ सालमा स्थापित सोसाईटी सुरुवाती कालमा दशैँमा नेपालीहरु एकै ठाउँमा जम्मा भई टीका लगाउने र शुभकामना आदान–प्रदान कार्यक्रम गरेको सम्झना फुकुवोकाबासी नेपालीलाई अझै छ । त्यस समयदेखि नै सम्भव भएसम्म बडादशैंका अवसरमा नेपालीहरु भेला भई रमाईलो कार्यक्रम गरी एकापसमा शुभकामना साटासाट गर्दै आएका छन् ।
यसपटक पूरानो झल्को प्रत्यक्ष भेटघाट कार्यक्रम गरी नै मेटाउने धोको राखेकोमा कोरोना महामारीका कारण सम्भव नभएकाले अनलाइन मार्फत कार्यक्रम गर्ने अध्यक्ष माधव सिग्देल बताउँछन् ।
सप्तमी अर्थात् फूलपातीको दिन असोज २६ गते (अक्टोबर १२) का दिन कार्यक्रम हुनेछ । नेपाली समयानुसार दिउँसो पौने ४ बजे र जापानी समयानुसार बेलुकी ७ बजेबाट कार्यक्रम सुरु हुने सचिव अशोक सेढाईंले जानकारी दिए ।

कार्यक्रम संयोजक सुजन केसीका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको भर्चुअल मार्फत नै प्रमुख आतिथ्यता रहनेछ । कार्यक्रममा चर्चित गायक रामजी खाँड, रामकृष्ण बम मल्ल, राजेन्द्र कंडेल लगायतका कलाकारको उपस्थिति रहने छ ।
साथै, चर्चित गजलकार प्रदिप रोदनसंगै अन्य साहित्यकारको प्रस्तुति समेत रहनेछ । उक्त कार्यक्रम संस्थाको अफिसियल पेज, मिडियाहरु दृष्टिपथ, भिजन अनलाइन, नेपालन्यूज पोष्ट प्लेटफर्मबाट लाइभ हुनेछ । अनलाइन पार्टनरमा गण्डकन्यूज डटकम पनि रहेको छ ।
फुनेसोले केही साता अघि मात्रै अनलाइन तीज नृत्य प्रतियोगिता कार्यक्रम भर्चुअलमार्फत् नै गरिसकेको छ ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ