लाइफलाइन भनिएको कालिगण्डी करिडोरको काम हालसम्म २८ प्रतिशत सकिएको छ । दुई वटा छिमेकी मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको काम ११ वर्षमा २८ प्रतिशत सकिएको हो ।
आठ वटा उत्तर दक्षिण कोरिडोरमध्ये कालिगण्डकी करिडोर सडकलाई नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राखेर प्राथमिकताका साथ निर्माण गरिरहेको छ ।
कालीगण्डकीको किनारैकिनार निर्माणाधीन करिडोरलाई सरकारले आर्थिक समृद्धिको ‘लाइफलाइन’ भन्दै राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रिकरणमा सहयोग पुर्याउने अवधारणाअनुसार २०६६ देखि निर्माण कार्य शुरु भएको थियो । यस करिडोरमा नेपाली सेना र सडक विभागले ट्रयाक खोल्ने काम गरिरहेका छन् ।
यस आयोजनाले ६ वटा जिल्लाको काम हेर्दै आएको छ । त्यसमा नवलपरासी, पाल्पा, गुल्मी, स्याङजा, बाग्लुङ र पर्वत रहेका छन् ।
योजनाका लागि भनेर सरकारले २० अर्ब २२ करोड छुट्टाएको थियो । हालसम्मको समष्टिगत प्रगति हेर्दा भौतिक रुपमा २८ प्रतिशत मात्र काम सकिएको प्रगति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै वित्तीय रुपमा भने ५ अर्ब ५६ करोड सकिएको छ ।
त्यस्तै यस सडकमा बन्नुपर्ने ३२ वटा पुलमध्ये १६ वटा पुलहरुको निर्माण कार्य पनि सम्मन्न भएको आयोजनाका इन्जिनियर राजिव मानन्धरको भनाइ छ । अरु बाँकी पुलहरु निर्माणाधिन चरणमा रहेका छन् ।
यस खण्डमा २५ देखि ३० वटा ठेक्का निकालेर कामहरु भइरहेको पनि मानन्धरले बताए । यसै खण्डको माथि तिरपर्ने ७० किलोमिटरको ठेक्का लगाउनै अझै बाँकी रहेको आयोजनाले बताएको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिरले फेरियो स्याङ्जाको परिचय
माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै
ल्वाङमा सिनेमा संवादः द्वन्द्व, कन्टेन्ट क्रिएसन, नयाँ पुस्तादेखि ग्लोबल मार्केटसम्मका कुरा
सिनेमा संवादका लागि सेलिब्रिटी ल्वाङमा
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा